• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ

सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज,०४ भदौ । 
सप्तरीमा बहुविवाह मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका ७ का भुपेन्द्र पासवान पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले बुधबार पासवानलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजले दोषी ठहर गरेपछि फरार रहेका उनलाई खोजतलासको क्रममा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि अदालत दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
डिएसपी घिमिरेका अनुसार बहुविवाह मुद्दामा पासवानलाई १ बर्ष कैद सजाय र  दश हजार रुपैयाँ जरीमाना तोकिएको छ ।