• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१ जनाले गराए आँखा जाँच

धर्मीहल्फाद्वारा आँखा शिविर संचालन : २ सय ५१ जनाले गराए आँखा जाँच
न्यूज टुडे
राजविराज, ०३ भदौ । 
सप्तरीको छिन्न्मस्ता गाउँपालिका ३ मा बुधबार आँखा शिविर  संचालन गरिएको छ । धर्मी हल्फा महिला विकास क्लव सप्तरीको आयोजना तथा  सगरमाथा चौधरी आंँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आँखा शिविर संचालन गरिएको हो ।
शिविरको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले  उद्घाटन गरेका थिए । आँखा शिवर उद्घाटन गर्दै प्रजिअ थापाले सामाजिक क्षेत्रमा धर्मीहल्फा महिला विकास क्लबले पुर्‍याएको योगदानको प्रशंसा गरे । 
आँखा जाँच गराउन सहभागी भएकाहरु । फोटो : न्यूज टुडे
सगरमाथा चौधरी आंँखा अस्पताल लहानका ७ जना नेत्र चिकित्सकहरुले जाँच गरेको शिविरमा २ सय ५१ जनाको आंखा जाँच गराएको क्लबका अध्यक्ष समाजसेवी इन्जिनियर सूर्यनारायण यादवले जानकारी दिए ।  ती मध्ये ९५ जनामा मोतियाबिंद फेला परेको उनले बताए । 
शिविरमा फेला परेको आँखाका रोगीहरुलाई सगरमाथा चौधरी आंँखा अस्पताल लहानमा निशुल्क उपचारको व्यवस्था मिलाएको इन्जिनियर यादवले जानकारी दिए । 
उक्त अवसरमा  प्रजिअ थापा, सप्तरीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक  रुपक खड्का,सशस्त्र प्रहरी बल, नेपाल ६ नं.गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक नवीन सिंह राई, छिन्नमस्ता  गाउँपालिका -३का वडा अध्यक्ष विजय कुमार यादव,वडा नं.-१ का वडा अध्यक्ष ललन प्रसाद यादव लगायतको उपस्थिति थियो ।