• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्नेमा जोड

अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्नेमा जोड
न्यूज टुडे
राजविराज,०३ भदौ ।
अधिकार सुनिश्चितताको लागि एकताबद्व हुनुपर्ने मिरर ब्याज पीडित विरुद्ध संघर्ष समितिका अभियानताहरुले जोड दिएका छन् । मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीद्वारा सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका १ मा बुधबार आयोजित मिथिला कमाण्ड सप्तरीको विस्तारित बैठकका सहभागी वक्ताहरुले यस्तो जोड दिएका हुन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतो ।फोटो : न्यूज टुडे
बैठकमा बोल्दै बक्ताहरुले मिटर व्याज पीडित र सरकार वीच भएको सम्झौता कार्यान्वयन हुन नदिन षड्यन्त्र शुरु भएकोले सबै पीडितहरु सचेत हुनुपर्ने वताए । संघर्ष समिति वीच विखण्डन ल्याउने, संगठित हुन नदिने चलखेल हुन सक्ने भन्दै उनीहरुले मिटर व्याजी पीडितको पक्षमा निर्णय लिदा सोच विचार गरेर मात्र लिनुपर्ने आवश्यकता औल्याए । 
मन्तव्य व्यक्त गर्दै डा. ललन चौधरी । फोटो : न्यूज टुडे
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले मिटर व्याज पीडितको समस्या समाधानमा देखाएको उद्वारता सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिदै बक्ताहरुले आफूहरूसंग गरिएको सम्झौतालाई कानून बनाएर  कानूनी रुप दिएर न्याय नपाएसम्म निरन्तर संघर्ष जारी राख्नुपर्ने बताए ।
सरकारसंग भएको नौ बुँदे सम्झौता १ महिना बित्दा समेत  कार्यान्वयनमा नल्याएको प्रति असन्तुष्टि जनाउँदै बक्ताहरुले अधिकार सुनिश्चितताको लागि संघर्षका कार्यक्रम जारी राख्ने चेतावनी दिए । बक्ताहरुले आन्दोलनलाई थप सशक्त र निर्णायक बनाउन संगठन निर्माणमा जोड दिए । उनीहरुले  नगरपालिका तथा   गाउँपालिका स्तरीय संघर्ष समिति गठन गरि दवावमुलक कार्यक्रम जारी राख्न सुझाव दिए । 
मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीका अध्यक्ष विरेन्द्र कुमार सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्ड इन्चार्ज मोहन महतो, भुमिहिन सुकुम्बासी आन्दोलन नेपालका केन्द्रिय सचिब हरेराम यादव, संयुक्त जन जनअधिकार आन्दोलन नेपालकी केन्द्रिय सदस्य पुनम महतो, मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका सल्लाहकार डा. ललन चौधरी, सत्रुधन प्रसाद साह ( आजद) ले मन्तव्य व्यक्त गरे । 
यसैगरी मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सचिवालय संयोजक नथुनी यादव, उपाध्यक्ष राम कुमार चौधरी,उदयपुर जिल्ला अध्यक्ष सबिता चौधरी,लघुवित्त तथा सहकारी पीडित निर्मला चौधरी,रामजी यादव लगायतले आ-आफ्नो विचार व्यक्त गरे । 
मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल सप्तरीका सचिब विजय कुमार चौधरीद्वारा संचालित कार्यक्रम स्वागत सचिवालय सदस्य ओम नारायण प्रणामीले गरे । 
मिटर व्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपाल मिथिला कमाण्डको विस्तारित बैठकमा केन्द्र, प्रदेश, छिमेकी जिल्लाका पदाधिकारी तथा पीडितहरुको सहभागीता थियो । 
बैठकले जिल्ला प्रशासन कार्यालयमा गठन हुने जिल्ला सहजीकरण समितिका प्रतिनिधि, अनुगमन समितिका प्रतिनिधि छनौट, मिटर व्याज पीडितको तथ्यांक संकलन, संगठन विस्तार  तथा भावी संघर्षका एजेण्डामा बृहत छलफल गरिएको पीडित छोटेलाल चौधरीले जानकारी दिए ।