• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

बैकिङ्ग कसुर मुद्दाका प्रतिवादी रजक पक्राउ

बैकिङ्ग कसुर मुद्दाका प्रतिवादी रजक पक्राउ
न्यूज टुडे
राजविराज,०३ भदौ  । 
सप्तरीमा बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको तिरहुत गाउँपालिका ३ का दामोदर रजक पक्राउ परेका हुन् । 
इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरी टोलीले सोमबार रजकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
बैकिङ्ग कसुर मुद्दामा सप्तरी जिल्ला अदालतले दोषी ठहर गरेपछि फरार रहेका उनलाई खोजतलासको क्रममा पक्राउ गरि आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए । 
प्रहरीका अनुसार बैकिङ्ग कसुर मुद्दामा रजकलाई  १ महिना कैद सजाय र ३ लाख ५० हजार जरिवाना तोकिएको छ ।