न्यूज टुडे
राजविराज,०२भदौ ।
कार्यसम्पादन मुल्यांकनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादनमा उच्च अदालत जनकपुर राजविराज इजलास सर्वोत्कृष्ट भएको हो ।
उत्कृष्ट स्थान प्राप्त गरेकोमा सर्वोच्च अदालतले उच्च अदालत जनकपुर राजविराज इजलासलाई सम्मान गरेको छ ।
न्यायपालिकाको पाँचौं पञ्चवर्षिय रणनीतिक योजनाले निर्दिष्ट गरिएका कार्य सम्पादन सूचकको आधारमा मूल्यांकन गर्दा उत्कृष्ट स्थान प्राप्त गरेर सम्मानित भएको अदालतका रजिस्ट्रार लोकनाथ पराजुलीले जानकारी दिए ।
उच्च अदालत पाटन र उच्च अदालत जनकपुर राजविराज इजलासले बराबर अंक प्राप्त गरि देशैभरीको उच्च अदालतहरू मध्ये उत्कृष्ट कार्यसम्पादन गरेकोले प्रधान न्यायाधीशले डा. मनोज कुमार शर्माले आईतवार सम्मान पत्र प्रदान गरेर सम्मानित गरेको रजिस्ट्रार पराजुलीले बताए ।
‘,कार्य सम्पादन प्रतिको दृढ संकल्प,प्रतिबद्धा र मेहनतले आगामी दिनमा समेत थप निरन्तरता पाउने अपेक्षा गरिएको छ । सम्मानित भएकोमा उच्चस्तरीय अदालत जनकपुर राजविराज इजलास परिवारलाई हार्दिक बधाई’ उच्च अदालत जनकपुर राजविराज इजलासलाई प्रधान गरिएको सम्मान पत्रमा उल्लेख छ।
पछिल्लो दुई वर्ष यता उच्च अदालत जनकपुर राजविराज ईजलासले वर्षभरी गरेको उत्कृष्ट कार्यसम्पादन सार्वजनिक गर्दै आएको छ ।