• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान तीब्र : फेरी पक्राउ परे चार जना प्रतिवादी

सप्तरी प्रहरीद्वारा फरार प्रतिवादी पक्राउ अभियान तीब्र : फेरी पक्राउ परे चार जना प्रतिवादी
न्यूज टुडे
राजविराज,०१ भदौ ।
सप्तरीमा विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीब्रता दिएकोसंगै लागूऔषध तथा कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी पक्राउ गरि कारबाही अगाडि बढाएको जानकारी गराएका छन् । 
प्रहरीका अनुसार लागूऔषध मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजले दोषी ठहर गरि ५ महिना कैद सजाय र १७  हजार जरिवाना तोकिएको सप्तरी हनुमाननगर कंकालीनी नगरपालिका  १ का आनन्द मुखिया, कुटपिट मुद्दामा जनही ४ हजार जरिवाना तोकिएका सप्तरी तिरहुत गाउँपालिका  १ का आमेन साह स्वर्णकार, रुकमणी देवी स्वर्णकार,विनोद साह स्वर्णकार रहेका छन् । 
पक्राउ परेका प्रतिवादीहरुलाई  सोमबार आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए । 
गत शनिबार विभिन्न मुद्दाका १४ जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।