• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कञ्चनरुपमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन

कञ्चनरुपमा ५६ लाखको लागतमा निर्मित सामुदायिक सभाहलको उद्घाटन
त्तम आचार्य 
कञ्चनरुप, ३१ साउन ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ५ पडेमरामा नवनिर्मित सामुदायिक सभाहलको एक भव्य समारोहका बीच समुद्घाटन गरिएको छ। मधेस प्रदेश सरकारको कुल ५६ लाख रुपैयाँको बजेटमा उक्त भवन निर्माण सम्पन्न भएको हो।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ( क)  बाट निर्वाचित  प्रदेश सभा सदस्य एवम् मधेस प्रदेश सरकारका पूर्वमन्त्री राजकुमार लेखीले आइतबार आयोजित एक समारोहका वीच ताम्रपत्र अनावरण तथा रिबन काटेर उक्त  सामुदायिक सभाहलको समुद्घाटन गरे । 
कार्यक्रममा बोल्दै  पूर्वमन्त्री लेखीले स्थानीय स्तरमा सामुदायिक भवनको निर्माणले सामाजिक, सांस्कृतिक तथा सार्वजनिक गतिविधि सञ्चालन गर्न ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकार जनताको आवश्यकता अनुसारको भौतिक पूर्वाधार विकासमा निरन्तर लागिपरेको समेत बताए । 
सामुदायिक भवन उद्घाटन कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्वमेयर वसन्त मिश्र, कञ्चनरुप नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समानन्द चौधरी, वडा नम्बर ८ का पूर्ववडा अध्यक्ष राजकुमार साह, स्थानीय समाजसेवी कल्पना चौधरी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले बजेटको सही सदुपयोग गरी गुणस्तरीय भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै यसको संरक्षण र सही उपयोगमा स्थानीय समुदाय चनाखो हुनुपर्नेमा जोड दिए। 
उक्त अवसरमा कञ्चनरुपका स्थानीय भद्रभलाद्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा ठूलो संख्यामा सर्वसाधारण जनताको उपस्थिति रहेको थियो।