न्यूज टुडे
राजविराज,३१ साउन ।
सप्तरीमा विभिन्न मुद्दाका १४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चोरी, सवारी ज्यान तथा कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै फरार प्रतिवादी पक्राउ गरि कारबाही अगाडि बढाएको जानकारी गराएको छ ।
प्रहरीका अनुसार नकवजनी चोरी मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजले दोषी ठहर गरि ५ हजार जरिवाना तोकिएको सप्तरी बालनविहुल गाउँपालिका ५ का मिथुन भन्ने चन्द्रकान्त यादव, सवारी ज्यान मुद्दामा २ हजार जरिवाना तोकिएको मुकेश कुमार यादव छन् ।
यसैगरी सोही स्थानका कुटपिट मुद्दामा जनही ३ हजार जरिवाना तोकिएका संजीव कुमार यादव,राजकुमार यादव,रामचन्द्र यादव,विन्देश्वर यादव,भुपनारायण यादव, अशोक कुमार यादव शिवराम यादव, प्रद्रीप यादव,चन्देश्वर यादव, अजीत कुमार यादव,देव नारायण यादव र सोही मुद्दामा पाँच हजार जरिवाना तोकिएको डाक्नेश्वरी नगरपालिका ४ का विनोद कुमार यादव रहेका छन् ।
पक्राउ परेका प्रतिवादीहरुलाई आवश्यक कारबाहीका लागि सप्तरी जिल्ला अदालत राजविराजमा दाखिला गरिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।