• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीयता समाप्त पार्ने खेलविरुद्ध एकजुट हुन पूर्वमन्त्री लेखीको आह्वान

संघीयता समाप्त पार्ने खेलविरुद्ध एकजुट हुन पूर्वमन्त्री लेखीको आह्वान
उत्तम आचार्य 
कञ्चनरुप,३० साउन । 
मधेश प्रदेश सरकारका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले वर्तमान सरकार संघीयता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।  कञ्चनरुप नगरपालिका वडा नम्बर ७ स्थित आदर्श टोलमा नवनिर्मित सामुदायिक भवनको शनिबार उद्घाटन गर्दै पूर्वमन्त्री लेखीले यस्तो बताएका हुन्। 
उद्घाटन समारोहमा मञ्चासीन प्रमुख अतिथि पूर्वमन्त्री लेखीसहित अतिथिगण । फोटो : न्यूज टुडे
नवनिर्मित भवन उद्घाटन  गर्दै  पूर्वमन्त्री लेखीले वर्तमान सरकारले सञ्चार क्षेत्रदेखि राज्यका हरेक पक्षलाई कमजोर बनाउने अभियान चलाएको आरोप लगाए । सरकारका यस्ता गलत र निरंकुश कदमविरुद्ध सम्पूर्ण नागरिक, सञ्चारकर्मी र राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८२/२०८३ को बजेटबाट विनियोजित २० लाख रुपैयाँको लागतमा उक्त सामुदायिक भवन निर्माण कार्य सम्पन्न भएको हो।
 पूर्वमन्त्री लेखीकै विशेष पहल र सक्रियतामा उक्त बजेट क्षेत्रमा भित्रिएको विष्णु पाञ्चायन मन्दिरका सह-सचिव राजेन्द्र कोइरालाले बताए। भवन निर्माण सम्पन्न भएसँगै स्थानीय स्तरमा सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न ठुलो टेवा पुग्ने भन्दै उन्ले खुशी व्यक्त गरे । 
विष्णु पाञ्चायन मन्दिरका अध्यक्ष द्वारिका प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा कञ्चनरुप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्र, स्थानीय समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा महिलाहरूको सहभागिता रहेको थियो।