• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा दुई प्रतिवादी पक्राउ
न्यूज टुडे
राजविराज,२८ साउन ।
सप्तरी प्रहरीद्वारा  दुइजना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।  बोदेबर्साइन नगरपालिका–१० खडकपुर टोलका अब्बु कुमार यादव र सोही नगरपालिका ८ काचन टोल बस्ने बर्ष ५५ को बद्री दासलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
बोदेबर्साइन नगरपालिका–१० खडकपुरमा एक व्यक्तिमाथि ज्यान मार्ने नियतले लाठी र फलामको रड प्रहार गरी घाइते बनाएको तथा उनको सुनका गगहना लुटेको  यादवमाथि आरोप छ । यादवलाई साउन २६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए ।
 घटना २०८२ चैत २२ गते साँझ करिब साढे ५ बजे खडकपुर टोलमा भएको थियो। जाहेरवाला घरतर्फ जाँदै गरेका बेला यादवले एक्कासि आक्रमण गरी लाठी र फलामको रडले शरीरका विभिन्न भागमा प्रहार गरेको आरोप छ। कुटपिटबाट जाहेरवाला घाइते भएपछि यादवले उनले लगाएका सुनका गरगहनासमेत लिएर फरार भएको प्रहरीको भनाइ छ।
घटनापछि फरार रहेका यादवको खोजी गर्ने क्रममा प्रहरीले उनलाई बोदेबर्साइन नगरपालिका–१० खडकपुरबाटै फेला पारी नियन्त्रणमा लिएको  थियो । घटनाका सम्बन्धमा बोदेबर्साइन नगरपालिका–७ का करिब ५८ वर्षीय वीरेन्द्रप्रसाद यादवले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको डिएसपी घिमिरेले बताए । 
यादवमाथि ज्यान मार्ने उधोग कसुरमा मुद्दा  दर्ता गरि  सप्तरी जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरि घटनामा प्रयोग भएको भनिएको हतियार, लुटिएको गरगहना तथा घटनासँग सम्बन्धित अन्य प्रमाणबारे अनुसन्धान अघि बढाइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
यसैगरी दासले आफ्नै बुहारीलाई विष सेवन गराई मारेको आरोप छ ।  बुहारी २५ बर्षिया शिव कुमारी दासले छोरी मात्र जन्माएको निहुँमा बद्रीले विष सेवन गराई मारेको प्रहरीले जनाएको छ । मृतककी बुवा कञ्चनरुप नगरपालिका ३ बस्ने बर्ष ४३ को रामदेव दासको इलाका प्रहरी कार्यालय करोडबोना विष सेवन गराई कर्तव्य गरि मारेको जाहेरी दर्ता गराएका थिए । 
दासमाथि बिष सेवनबाट कर्तव्य ज्यान  कसुरमा मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको डिएसपी घिमिरेले जानकारी दिए  ।