न्यूज टुडे
राजविराज ,२८ साउन ।
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ६ वभनगामा गाउँ शौचालयको दुर्गन्धले स्थानीय सास्ती खेप्न बाध्य भएका छन् । स्थानीय लक्ष्मी यादवको शौचालय फुटेर पुरै गाउँ नै दुर्गन्धित वनेकाे हो ।
यादवकाे दुई वर्षदेखि चर्पीको सेप्टी टंकी फुटेर प्रयाेगविहीन अवस्थामा भएकोले चर्पीकाे दुर्गन्ध चारैतिर फैलिएर गाउँ भरी नै प्रदुषित भएको स्थानीयले बताए ।
चर्पीको दुर्गन्धले घरमा वस्न , खाना कठिनाइ भएकाे स्थानीय राेशन यादवले बताए । फुटेकाे सेफ्टी टंकी माथि टिन छाेपेर राखेको हुदा पनि दुई तीन महिनापछि फुटेर प्रयाेगविहीन वनेकाे उनले बताए । शौचालयको दुर्गन्धले नाक थुनेर बस्नुपर्ने बाध्यता रहेको रोशनले बताए ।
शौचालयवाट फैलिएको दुर्गन्धको मारमा परेकोले उचित व्यवस्थापन गरिदिन सम्वन्धित निकायसँग पटकपटक अनुरोध गरेपनि कुनै सुनवाइ नभएको उनले गुनासो गरे ।
लक्ष्मी यादवलाई चर्पी व्यवस्थित गर्न आग्रह गर्दा मेराे जग्गामा भएको चर्पी जहिले पैसा हुन्छ त्यति बेलै व्यवस्थित गरौंला भन्दै तर्किने गरेका छन् ‘ रोशनले भने, ‘वारम्वार मर्मत गर्न भनेपनि उल्टै आक्रमण गर्ने , धाक,धम्की दिने गर्छ ।’
आफुहरुले भोग्दै आएको समस्या बारे प्रहरी र स्थानीय तहमा जानकारी गराउँदा समेत सुनुवाइ नभएको उनले बताए । दुख दिने नियतबस शौचालय दुर्गन्ध राखेको आरोप लगाउँदै उनले व्यवस्थापन गर्न अनुरोध गर्दा अनावश्यक झैझगडामा उत्रीने गरेको दुखेसो सुनाए ।
गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलले चर्पीको व्यवस्थापन गर्न लक्ष्मीको परिवारलाई भनेको छु भन्दै पन्छिन खोजे ।
वडा कार्यालय , जिल्ला प्रशासन कार्यालय, गाउँपालिका स्थित न्याय समिति, को.वर्साइन प्रहरी चाैकीमा पनि जानकारी दिए ,तर अहिलेसम्म कुनै सुनवाइ भएन, उनले भने, ‘चर्पीकाे व्यवस्थापन नगरी छाेडेकाे सेप्टी टंकीवाट दुर्गन्ध निस्किदा सम्पूर्ण घरपरिवारलाई स्वास फेर्न उकुसमुकुस हुने तथा वृद्ध,,बाल-वच्चा विरामी हुने गरेको छ । ‘
कहाँ जाने , कसले दिने न्याय ,कसले दिने ध्यान ?’ प्रश्न गर्दै नाक खुम्च्याए घरमा वस्नु परेको राेशनले वताए ।