जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा एक महिने प्रगति प्रतिबेदन सार्वजनिक गरेको छ । आफ्नै सभाहलमा सोमबार पत्रकार सम्मेलन आयोजना गरि साउन १ गतेदेखि २३ गतेसम्मको प्रतिबेदन सार्वजनिक गरेको हो ।
प्रतिबेदन प्रस्तुत गर्दै डिएसपी घिमिरे । फोटो : न्यूज टुडे
प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार लागूऔषध नियन्त्रणमा प्रहरीले उत्कृष्ट सफलता हाँसील गरेको उल्लेख छ । यसअवधिमा ३८ क्वीन्टल ७४ किलो ९ सय ९० ग्राम लागूऔषध गाँजा, ब्राउन सुगर १३ ग्राम ८ सय १८ मिलीग्रामसहित ५ जनालाई नियन्त्रणमा लिई ९ वटा मुद्दा दर्ता गरि अनुसन्धान अगाडि बढाएको प्रस्तुत प्रतिबेदनमा उल्लेख गरिएको छ ।
प्रहरीले ज्यान सम्बन्धि २९ आत्माहत्या १३ चोरी ४ सवारीज्यान सम्बन्धि ४ तथा अन्य २६ गरि ६८ वटा अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरी प्रतिबेदनमा जनाएको छ । यस अवधिमा बैकिङ्ग कसुर ६ ठगी २ गरि ८ जघन्य तथा गम्भीर अपराध सम्बन्धि मुद्दा दर्ता भएको छ ।
प्रतिबेदनमा प्रहरी कार्यालयमा परेको उजुरी र पक्राउ परेको संख्या,, फरार प्रतिवादी नियन्त्रण, विद्यालय तथा अन्य सामाजिक क्षेत्रमा गरिएको सामाजिक गतिविधि समेत उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एपसी रुपक खडकाले प्रहरीले गर्ने गतिविधिलाई थप प्रभावकारी तथा पारदर्शी वनाउन सुझाव संकलन गर्ने उदेश्यले प्रगति विवरण सार्वजनिक गरिएको बताए । उनले अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई सुधार गर्न पत्रकारहरुबाट आएको सुझावलाई आत्मसात गर्दै योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा पत्रकारहरुले खेलेको भुमिकाको चर्चा गर्दै एसपी खड्काले पत्रकार र प्रहरी वीचको सहकार्यले सफलता हाँसिल भएको बताए । उनले सामाजिक संजालको दुरुपयोगले सुरक्षा चुनौती थपिएको बताउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु विरुद्ध निर्मम रुपमा कारबाही अगाडि बढाएको बताए।
लागूऔषध गाँजा ओसारपसारमा मुख्य अभियुक्तसम्म प्रहरी पुग्न असफल भएको जिज्ञासाको जवाफ दिदै एसपी खड्काले गाँजा तस्करीमा शुक्ष्म अनुसन्धान जारी राखिएकोले तस्करीमा संलग्न मुख्य अभियुक्तहरु छिटै पक्राउ पर्ने विश्वास व्यक्त गरे ।