• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीमा भव्यताकोसाथ मनाइयो ३२ औं विश्व आदिवासी दिवस : आदिवासीलाई सक्न खोज्नेहरु आफै सकियो : बक्ताहरु

सप्तरीमा भव्यताकोसाथ मनाइयो ३२ औं विश्व आदिवासी दिवस : आदिवासीलाई सक्न खोज्नेहरु आफै सकियो : बक्ताहरु
न्यूज टुडे
राजविराज,२४ साउन ।
आदिवासी जनजातिको पहिचान र अधिकार  खोस्न तथा सक्न खोज्नेहरु आफै सकिएर गएको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका २  स्थित ग्रीन गार्डेन रिसोर्टमा आइतबार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीद्वारा  ३२ औं विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागी बक्ताहरुले यस्तो बताएका हुन् । 
मैनवत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गापा अध्यक्ष दिनानाथ चौधरी । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै बक्ताहरुले विश्व आदिवासी दिवस केबल उत्सवको रुपमा मात्र नभएर पहिचान, प्रतिनिधित्व र अधिकार सुनिश्चितताको विद्रोहको रुपमा मनाइएको बताए । 
आदिवासी जनजातिको मुद्दाहरुमा अहिलेसम्मको कुनैपनि सरकार सकारात्मक नदेखिएको आरोप लगाउँदै बक्ताहरुले आदिवासी जनजातिलाई स्स्क्ने नियत र नीति लिएकाहरु आफै सकिएर गएको दावी गरे ।  आदिवासी जनजातिको माग मुद्दालाई दवाउने दुस्साहस गरेकै कारण पुराना दलहरूले जनविश्वास गुमाएको चर्चा गर्दै उनीहरुले नयाँ जनादेशसहित जनताको विश्वास जितेका नयाँ दलहरू समेत नसच्चिए उनीहरुको पनि उहीँ हविगत हुने जिकिर गरे । 
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
आदिवासी जनजाति दिवसको अवसरमा आफ्ना हकअधिकार उठान गर्ने अवसर दिएकोमा खुशी व्यक्त गर्दै बक्ताहरुले आयोजक समितिको प्रशंसा गरे । उनीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको दुई तिहाइ सरकारले संविधान संशोधन गरि आदिवासी जनजातिहरुले उठाएको माग मुद्दालाई सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले समेत पृथकतावादीहरुसंग आदिवासी जनजाति विरोधी सम्झौता गरेको प्रति असन्तुष्टि जनाउँदै बक्ताहरुले बर्तमान सरकारले समेत आदिवासी जनजातिमाथिको दमन शोषण कायम राखे एकजुट भएर संघर्ष गर्नुपर्नेमा जोड दिए । 
आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष श्यामसुन्दर सिंह दनुवारको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, पूर्व विधायक सरस्वती चौधरी,आदिवासी जनजाति महासंघ मधेस प्रदेश उपाध्यक्ष दिल कुमारी चौधरी, आदिवासी जनजाति जिल्ला समन्वय समितिका पूर्व उपाध्यक्ष बेचन प्रसाद चौधरी, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्षहरु महेन्द्र प्रसाद चौधरी, यम बहादुर खपाङ्गी मगर, पूर्व सल्लाहकार विष्णु बहादुर थापा मगर, कुमारमान श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गरे । 
यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक सचिव डम्बर राई,  नेपाल मगर संघ मधेस प्रदेश कोषाध्यक्ष टेक प्रसाद समाल मगर, नेपाल तामाङ घेदुङ मधेस प्रदेश कोषाध्यक्ष सरिता योन्जन,  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका सहसचिव कमल कुमार मण्डल, नेपाल मगर संघ सप्तरीका अध्यक्ष लिल बहादुर मगर, नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सूर्यमान तामाङ, दनुवार जागरण समितिका अध्यक्ष विन्देश्वर प्रसाद सिंह दनुवार,  दनुवार विद्यार्थी संघका केन्द्रीय अध्यक्ष क्षितिज सिंह दनुवार, थारु कल्याणकारीसभाका केन्द्रीय पार्षद रमाननन्द लेखी, साविक सितापुर गाविसका उपाध्यक्ष योगेन्द्र प्रसाद चौधरी लगायतको मन्तव्य व्यक्त गरे । 
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सचिव पूर्ण मगरद्वारा संचालित कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष मिलन कुमार चौधरीले गरे भने दिवसको औचित्यता र आवश्यकता तथा विश्व आदिवासी दिवसको उपदेयीताको सन्दर्भमा पूर्व अध्यक्ष बृजमान तामाङले प्रकाश पारे । 
‘प्राप्त अधिकारको रक्षा,आजको आवश्यकता : पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माण हाम्रो साझा प्रतिबद्धता’ भन्ने मुल नाराको साथ आयोजित कार्यक्रममा विभिन्न जातजातिको मौलिक गीत संगीत नृत्य प्रस्तुत गर्नुको साथै बृहत र्‍याली प्रदर्शन गरिएको थियो ।