• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कप्तानगञ्ज गोलीकाण्ड  : थप एकको मृत्यु, मृत्यु हुनेको संख्या चार 

कप्तानगञ्ज गोलीकाण्ड  : थप एकको मृत्यु, मृत्यु हुनेको संख्या चार 
न्यूज टुडे 
राजविराज, १९ साउन । 
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोलीकाण्डका घाइते मध्य थप एक्जनाको मृत्यु भएको छ ।  दुई सामुदाय वीच भएको दंगा नियन्त्रणको क्रममा गोली चल्दा घाइते मध्ये २२ बर्षिय रवीन्द्र मेहताकाे उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । 
 मेहेताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) दिलीप घिमिरेले बताए । 
उनका अनुसार घटनामा घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकको निगरानी जारी रहेको छ ।
यसअघि उक्त घटनासँग सम्बन्धित हिंसात्मक घटनामा सुनसरीमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेता तथा सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भइसकेको छ ।  
 मेहेताको मृत्यु सँगै आन्दोलनमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। उनको मृत्यु भएपछि देवानगञ्ज क्षेत्र स्थानीयले सडकमा मुढा तेर्साएर विरोध जनाइएको छ ।  दंगा भड्कन स्स्क्ने आशंकामा उक्त क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । 
गत साउन १० गते राती भएको  गोलीकाण्डको घटनापछि सरकारले छानबिन समिति गठन गरी घटनाको अनुसन्धान अघि बढाएको छ।
प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो भने पछिल्लो समय प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा तथा स्थानीय समुदायबीच संवाद र सहमतिपछि अधिकांश स्थानमा अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।