• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीको पन्सेरामा ब्राउन सुगरसहित एक युवक पक्राउ

सप्तरीको पन्सेरामा ब्राउन सुगरसहित एक युवक पक्राउ
न्यूज टुडे
राजविराज,१९ साउन । 
सप्तरीको खडक नगरपालिका ४ पन्सेरा टोलबाट ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय २८ बर्षीय राजेश कुमार चौधरीलाई ब्राउन सुगरसहित घरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । 
चौधरीले आफ्नै घरमा ब्राउन सुगर विक्रीवितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा शनिबार  घर आंगन खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । 
प्रहरीका अनुसार उनले लगाएको पाइन्टको गोजीबाट ब्राउन सुगर जस्तो देखीने  निलो पदर्थ ८ ग्राम चार सय मिलीग्रम फेला परेको छ । इलाका प्रहरी कार्यालय करोडबोनाबाट खटिएको प्रहरी टोलीले खानतलासीको क्रममा चौधरीको साथबाट नगद रु पाँच हजार चार सय, मोबाईल ३ थान र प्र.३-०२-०१२ प ३५६२ नम्बरको मोटरसाइकल समेत फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
पक्राउ परेका चौधरीमाथि लागूऔषध कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट पाँचदिनको म्याद लिई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।