हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका–१ स्थित महुवा खोलामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा महादेवा गाउँपालिका–१ पकरी राम टोलका अन्दाजी ३७ वर्षीय फैंका राम र २८ वर्षीय सन्तोष रामको मृत्यु भएको हो ।
दुर्घटना ग्रस्त मोटरसाइकल । फोटो : न्यूज टुडे
तीब्र गतिमा रहेको मोटरसाइकल अनियंत्रित भई पुलमा ठोकिएर दुर्घटनामा भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल र विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।
मृतक दुबैजनाको शव परिक्षण गरि परिवारको जिम्मा लगाउने तयारी भईरहेको तथा घटना बारे थप अनुसन्धान जारी रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।