• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

धर्मीहल्फाद्वारा अग्निपीडित मण्डल परिवारलाई सहयोग 

धर्मीहल्फाद्वारा अग्निपीडित मण्डल परिवारलाई सहयोग 
न्यूज टुडे
राजविराज, १६ साउन । 
धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा राजविराज नगरपालिका १२ दमावतीका एक अग्निपीडित  परिवारलाई  राहत वितरण गरेको छ ।  क्लबद्वारा शनिबार  स्थानीय अग्नीपीडित कैलु मण्डलको परिवारलाई राहत स्वरूप खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री वितरण गरेको हो । 
संस्थाको तर्फबाट अध्यक्ष समाजसेवी इन्जिनियर सूर्य नारायण यादवले थाल,गिलास,डेकची,कराही,पन्यौ ,बाल्टिन,म्याट्रैस लगायतका सामाग्री  पीडित परिवारलाई हस्तान्तरण गरे । 
उक्त अवसरमा  राजविराज नपा-१२ का  वडा अध्यक्ष राम चन्द्र यादव,सुभाष यादव,लखन मण्डल,,राम अवतार यादब लगायत स्थानीय भरभलादमीको उपस्थिति थियो ।
गत बुधबार राती मण्डलको घर र गोठमा आगलागी हुँदा  चार चौपायाँ  जलेर  मर्नुको साथै  १५ लाख भन्दा बढीको क्षति भएको थियो ।