• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सुनसरीको देवानगञ्जमा भएको घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य घाइते समेत भएका छन् । उक्त घटनाको विरोधमा मधेश प्रदेशका विभिन्न जिल्लामा पनि आन्दोलन चर्किन थालेको छ ।
आन्दोलनकै क्रममा गोली लागेर सिरहाको गोलबजारमा बिहीबार एक जनाको निधन भएको छ । आन्दोलनकै क्रममा भौतिक सम्पत्तिको समेत ब्यापक क्षति हुन पुगेको छ । आन्दोलनलाई थप उग्र बन्न नदिन तथा शान्ति कायम गराउन सरकारले सबै पक्षसितको सल्लाह र समन्वयका साथ सक्रियता बढाउनु पर्ने समय आएको छ । सत्तारुढ दलका सभापतिले यसै विषयलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुसित छलफल र सल्लाह गरेका छन् । उनले पार्टीबाट जितेर आएका सांसदहरुलाई आ–आफ्नो जिल्लामा फर्केर समन्वयन गर्न निर्देश समेत गरिसकेका छन् । अहिले चर्किएको आन्दोलनको राजनीतिक रुपमा निकास खोजिनु उपयुक्त हुने भएकाले सरकारले त्यसका लागि पहलकदमी लिनु सान्दर्भिक रहनेछ । थप अप्रिय घटना हुन नपाओस् भन्ने धेयका साथ काम गर्नुपर्ने यति बेलाको प्रमुख आवश्यकता हो । यससँगै आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाईतेहरुका बारेमा राज्यले गर्नुपर्ने कार्यप्रति विशेष ध्यान पु¥याउन आवश्यक छ ।
समस्याको समाधानमा विलम्व नगरी समयमै सक्रियता बढाउनु उपयुक्त हुनेछ ।