• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कप्तानगञ्ज घटना : सप्तरी सदरमुकाम राजविराजमा अनिश्चितकालीन कर्फ्यु

कप्तानगञ्ज घटना : सप्तरी सदरमुकाम राजविराजमा अनिश्चितकालीन कर्फ्यु
न्यूज टुडे
राजविराज,१५ साउन । 
सुनसरीको कप्तानगञ्ज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै उग्र प्रदर्शन हुनथालेपछि सप्तरी सदरमुकाम राजविराजमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा शुक्रबार एक सूचना जारी गर्दै विहान ८ देखि लागू हुने गरि अनिश्चितकालीन कर्फ्यु आदेश गरिएको  जनाएको हो । 
जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन वा हुलदंगा भई शान्ति सुरक्षा भंग  हुन जाने देखिएकोले कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाद्वारा जारी सूचनामा उल्लेख छ । 
प्रजिअ थापाद्वारा जारी सूचनामा राजविराज भित्रका पूर्व खाडो खोला,पश्चिम हुलाकी राजमार्गको जमुनी थलही,उत्तर रुपनी रोडको बसविट्टी चौक र दक्षिण कोशी पश्चिम मुल नहर सम्म विष्णुपुर गाउँपालिकासम्म अर्को सूचना जारी नहुन्जेलसम्म कर्फ्यु आदेश गरिएको छ । 
जिल्ला सुरक्षा समिति सप्तरीको शुक्रबार  विहान बसेको बैठकको निर्णयनुसार जिल्लाको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासन ऎन २०२८ को दफा ६ (क) बमोजिम शुक्रबार ८ बजे देखि आर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको सूचनामा जनाइएको छ । 
आदेशको कोही कसैबाट वर्खिलाप हुने गरि कुनै गतिविधि गरे, गराए, गराइएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने प्रजिअ थापाद्वारा जारी सूचनामा  चेतावनी समेत दिइएको छ । 
सुनसरीको कप्तानगञ्जमा हिन्दु र मुश्चिम समुदाय वीच भएको दंगा नियन्त्रणका क्रममा देवानगञ्जका २४ बर्षिय ओम प्रकाश मेहता, जय प्रकाश मेहता र सोही घटनाको विरुद्ध प्रदर्शनको क्रममा बल प्रयोग हुँदा सिरहाको गोल बजारमा बिहिवार १५ बर्षिय गणेश यादवको मृत्यु भएपछि थप सुरक्षा सम्वेदनशेलता बढेको छ । 
घटनामा मृत्यु हुनेको संख्या  ३ पुग्र्को छ भने एक दर्जन प्रदर्शनकारी गोली लागेर घाइते भएका छन् । साथै प्रदर्शनको क्रममा विभिन्न निजी घर तथा व्यवसायीक महलहरुमा आगजनी हुँदा अर्बौको सम्पत्ति क्षति भएको छ । 
आन्दोलनको कारण पूर्वपश्चिम राजमार्ग ४ दिनदेखि ठप्प छन् ।  दंग भडिकिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।