• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

गोल बजारमा गोली लागेर एक बालकको मृत्यु एकजना घाइते

गोल बजारमा गोली लागेर एक बालकको मृत्यु एकजना घाइते
न्यूज टुडे
राजविराज, १४ साउन । 
सिरहाको गोलबजारमा बिहीवार गोली लागेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिरहाको तुलसीपुरका १५  वर्षीय गणेश यादवको मृत्यु भएको छ भने  धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुर गम्भीर घाइते भएका हुन् । 
 सुनसरी कप्तानगञ्जको  घटनालाई लिएर गोलबजारमा बिहीबार बिहानैदेखि विरोध प्रदर्शन हुँदा तनाव सुरू भएको थियो । दुई पक्षबीच भएको तनावका क्रममा दुई युवकलाई गोली लागेको छ । 
झडपमा सिरहाको तुलसीपुरका  यादव र धनुषाको धारापानीका  ठाकुरलाई गोली लागेको प्रहरीले जनाएको छ ।  घाइते मध्ये यादव मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको घाइतेका परिवारले बताए ।
अहिले पनि तनावको स्थिति रहेकोले उनीहरूलाई कसले चलाएको गोली लाग्यो भन्ने कुरा खुल्न नसकेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।