• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

लागूऔषध कारोबारमा संलग्न सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ

लागूऔषध कारोबारमा संलग्न सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ
न्यूज टुडे
राजविराज,०८ साउन ।
लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा सप्तरीका पाँचजनासहित एक भारतीय नागरिक पक्राउ पक्राउ परेका छन् । सिरहाको लहान ३ बाट बिहीवार लागूऔषध नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले गोली चलाएर एक भारतीय नागरिकसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सप्तरीको रुपनी  गाउँपालिका वडा नम्बर  १ का बर्ष ४० को मो. नसिर, बोदे बसाईन नगरपालिका वडा नम्बर २ का बर्ष २८ को शम्भु प्रसाद यादव, सोही स्थानका बर्ष २४ का बैधनाथ यादव, डाक्नेश्वरी नगरपालिका २ का बर्ष २८ को मो. जमाहिर आलम, , सोही स्थानका बर्ष ३२ को मो ईमामुदिन र भारत बिहारका बर्ष २२ को बिद्यानन्द यादव पक्राउ परेको प्रहरीले जनाएको छ । 
उनीहरुको साथबाट  लागुऔषध खैरो हेरोईन २ सय ४३ ग्राम, स ३ प ८१८५ र स ११ प ८०५ नंम्बरको २ वटा मोटरसाइकल  र सात थान मोवाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 
लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएका विषेश टोली र इलाका प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ । 
प्रहरी टोलीले पछ्याउँने क्रममा भग्न खोजेपछि गोली प्रहार गरि उनीहरुलाई नियन्त्रणमा लिएका थियो । प्रहरीको गोली लागेर तीन मध्ये २ जना घाइते भएको छन् । 
घाइतेहरुको उपचार भइरहेको तथा उनीहरुमाथि थप अनुसन्धान कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।