• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरी प्रहरीको ठूलो सफलता :  एकै दिन ३३ क्विन्टल  गाँजा पक्राउ

सप्तरी प्रहरीको ठूलो सफलता :  एकै दिन ३३ क्विन्टल  गाँजा पक्राउ
न्यूज टुडे
राजविराज,०७ साउन । 
लागूऔषध नियन्त्रणमा कठोर कदम उठाएका सप्तरी प्रहरी बुधबार मध्यराति ठूलो परिणाममा प्रतिबन्धित लागूऔषध गाँज पक्राउ गरेको छ । जिल्लाको हनुमाननगर–रमपुरा मल्हनियाँ हुँदै भारततर्फ गइरहेको ३ वटा गाडीबाट प्रहरीले ३३ क्विन्टल ३२ किलो गाँजा बरामद गरेको हो । 
विशेष सुराकीको आधारमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–५ बनरझुल्लाबाट दुई वटा पिकअप र एउटा स्करपियो जिपसहित गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
प्रहरीलेले राति १ बजेतिर ३३ क्विन्टल ३२ किलो ४ सय ६० ग्राम (बोराको तौलबाहेक) गाँजा बरामद गरेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरे बताए । 
भारतीय सिमा तर्फ जाँदै गरेको   प्र.१–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८, बा.प्र.०१–०२९च ९५८६ नम्बरको पिकअपबाट ३३ र बा.प्र.०१–०२५च ०४३६ नम्बरको स्करपियोबाट १९ वटा बोरामा लागुऔषध गाँजा बरामद भएको डिएसपी घिमिरेले जानकारी दिए । 
उनका अनुसार  बोराको तौलसहित १५०७ नम्बरको पिकअपबाट १६ क्विन्टल ६८ किलो ११० ग्राम, ९५८६ नम्बरको पिकअपबाट ११ क्विन्टल ७० किलो ७१० ग्राम र ०४३६ नम्बरको स्करपियोबाट ५ क्विन्टल २३ किलो ६४० ग्राम गाँजा बरामद भएको हो । 
तीन वटै गाडीका चालक भने फरार भएकाेले उनीहरुको खोजी कार्य जारी राखिएको तथा बरामद गाँजा   तथा गाडीजिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले जानकारी दिए।