सप्तरी प्रहरीले तीन लाखबढीको किराना सामानसहित तीनवटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अबैध सामान राजविराज ६ स्थित बागेश्वरी मन्दिर क्षेत्रबाट सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीद्वारा बरामद मोटरसाइकल । फोटो : न्यूज टुडे
भन्सार छली चोरी पैठारी गरि बिआर ३२ एए ८८४७ नम्बर,बिआर ३२ बि ९४९६ नम्बर र बिआर ५० एफ ४३७१ नम्बरको भारतीय मोटरसाइकल लोड गरी ल्याउदै गरेको ३ लाख ९६ हजार ५ सय ७५ रुपैयाँ बराबरको अबैध किराना सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेको सामान तथा मोटरसाइकल आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालय, तिलाठी पठाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।