• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराज कारागारमा तनाव :  कैदीवन्दीद्वारा आत्मादाहको प्रयास

राजविराज कारागारमा तनाव :  कैदीवन्दीद्वारा आत्मादाहको प्रयास
न्यूज टुडे
राजविराज, ०२ साउन ।
राजविराज कारागारमा शनिबार तनाव उत्पन्न भएको छ । चौकीदारको विषयलाई लिएर कैदीवन्दी वीच तनाव उत्पन्न भएको हो । 
राजबिराज नगरपालिका -१५ मुसहरनियाँका कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने भनी चाैकीदार कामेश्वरर यादवले घुस लिएको आरोप लगाए ।
 गत जेठ ५ गते कारागार बाहिरका एक व्यक्तिमार्फत जेलर मण्डलको नाउँमा आफूसँग ५ लाख घुस लिएको यादवले बताए । विवादले उग्ररूप लिएपछि कारागार परिसरमा तनावपूर्ण भएको थियो ।  प्रहरीले बल प्रयोग गर्न थालेपछि केही कैदीबन्दीहरुले आत्मादाहाको प्रयास गरेका छन् । 
घटनापछि कारागार परिसरमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सञ्चारकर्मीहरूलाई समेत घटनास्थलमा पुगेर समाचार सङ्कलन गर्न अवरोध गरिएको छ ।
यता रकम उठाएको विषयमा विवाद चर्किएपपछि चौकीदार यादवको झुम्का कारागार सरूवा गर्ने तैयारी गरेपछि बी बल्का कैदीलाई कुटपिटमा परेको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले कारागारमा तनाव भएको स्वीकार गरे । कारागारको शान्ति-सुरक्षा कायम गर्न प्रहरी भित्र पस्न खोजपछि कैदीबन्दीहरूले शरीरमा मट्टीतेल खन्याएको बताए। अहिले समझाइ बुझाइ गर्दा अवस्था समान्य बनेको उनले बताए । 
 कैदी बन्दीहरूलाई समान व्यवहार नगरेको आरोपमा झगडा भएको बताइएको छ ।