सप्तरीकाे तिलाठी काेइलाडी गाउँपालिका ८ अवस्थित रहेको जनता माध्यमिक विद्यालय ताेपाका छात्रछात्राहरुलाई छात्रवृत्ति र झोला एवम् ज्यामेट्री बकस शुक्रबार वितरण गरिएको छ। विद्यालयमा आयोजित एक कार्यक्रमका वीच छात्रवृत्ति तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
झोलासहित ज्यामिट्री बक्स ग्रहण गर्दै एक छात्रा । फोटो : न्यूज टुडे
कक्षा १ देखि ५ कक्षा सम्मका दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ तथा कक्षा ७, ८,९ का विद्यार्थीलाई झोला एवम् ज्यामेट्री बकस लगायतका शैक्षिक सामाग्री वितरण गरिएको विद्यालय जनाएको छ ।
सामुदायिक बिद्यालयहरुका लागि मधेस प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालय शिक्षा विकास निर्देशनालयकाे सहयोगमा विद्यार्थीहरुको मनाेवल र आकर्षण बढाउन सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ७ ,८ र ९ का बिद्यार्थीहरुलाई झोला र ज्यामेट्री बक्स लगायतका सामाग्री वितरण गरिएको प्रधानाध्यापक ब्रहमदेव यादवले वताए ।
वडा नम्बर ८ का अध्यक्ष सत्यनारायण यादवकाे अध्यक्षतामा छात्रवृत्ति , झोला र ज्यामेट्री बक्स लगायतका सामग्रीहरु वितरण गरिएको उनले जानकारी दिए ।
कार्यक्रम बोल्दै अध्यक्ष यादवले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिकाको पढाई सामुदायिक विद्यालयमा गर्नुपर्नेमा जाेड दिएका थिए ।
उनले सामुदायिक विद्यालयमा पढाउ आ-आफ्ना वालवालिकाहरुलाई पठाउन आग्रह गरे ।
प्रधानाध्यापक यादवले यस विद्यालयमा दक्ष शिक्षकहरु रहेको तथा गुणस्तर शिक्षा दिनुकाे साथसाथै शिक्षा सुधार गर्न प्रयाेगात्मक शिक्षा दिने , पढाउने वातावरण बनाइदिन सरोकारवालाहरुलाई आग्रह गरे ।
कार्यक्रममा व्यवस्थापन समितिका सदस्य दिलिप कुमार मंडल,पूर्व वडा अध्यक्ष लक्ष्मी प्रसाद मंडल,सदस्य ललित मंडल,सदस्य वीणा देवी मंडल,आमन्त्रित सदस्य मालती सदा,शिक्षक प्रतिनिधी सूर्यनारायण मंडल,सह- लेखापाल ववलु मंडल,शिक्षक नरेश प्रसाद रजक,विभा दास,ओम प्रकाश यादव लगायतले छात्रवृत्ति र झोला एवम् ज्यामेट्री बक्स लगायतका शैक्षिक सामग्रीहरु वितरण गरेका थिए ।