रामनाथ यादव
राजविराज,३२ असार
सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ स्थित लक्ष्मी ,वल्लभ नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीमा १५ जना छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ ।नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदान गर्ने उक्त छात्रवृत्ति विद्यालयमा विहिबार आयोजित एक कार्यक्रमका विच वितरण गरेको हो ।
विद्यालयका प्रधानाध्यापक विपिन झा,व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव र समितिका महिला सदस्य लिलम कुमारी रजकका छाेरा मनाेज कुमार रजकले छात्रछात्रालाई छात्रवृत्ति प्रधान गरे ।
तिलाठी कोइलाडी गाउँपालिकाका शिक्षा शाखा संयाेजक चन्द्रभषन रायले कक्षा १ देखि ५ सम्म विद्यार्थीकाे संख्या कमै रहेकोले १५ जनाकाे मात्र छात्रवृत्ति पठाएको वताए ।
विद्यालयका प्रधानाध्यापक झाले कक्षा एकमा २ जना ,कक्षा दुईमा २ जना ,कक्षा तीनमा ४ जना ,कक्षा चारमा ५ जना ,कक्षा पाँचमा २ जना गरि जम्मा १५ जना छात्रछात्रालाई विद्यालयले छात्रवृत्ति प्रदान गरिएको वताए ।