न्यूज टुडे
राजविराज,३२ साउन ।
सप्तरीको तिरहुत गाउँपालिकामा समुदायको सहभागीताबाट क्षयरोग नियन्त्रण गर्न जिल्ला स्तरीय क्षयरोग (टिबी)च्याम्पियन कल्ब गठन गरेको छ।समुदायको सक्रिय सहभागीता मार्फत क्षयरोग नियन्त्रण तथा न्यूनीकरण अभियान प्रभावकारी बनाउने उदेश्य राखी तिरहुत-४ डिमन स्वास्थ्य केन्द्रमा बुधबार टिबी च्याम्पियन कल्ब गठन गरिएको हो।
नेपाल सरकार ग्लोवल फण्ड संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को त्रिपक्षीय साझेदारी र बागमती सेवा समाज नेपालको आयोजनामा संचालित क्षयरोग परियोजना अन्तर BWSNको साझेदारीमा सो कल्ब गठन गरिएको जनाइएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका जनस्वास्थ्य अधिकृत समेत रहेका कार्यक्रम प्रमुख अतिथि डम्बरलाल यादवले राष्ट्रिय लक्ष्य हासिल गर्न समुदायको सहभागीता विना क्षयरोग अन्त्य गर्न कठिन हुने बताए।अधिकृत यादवले टिबी च्याम्पियन कल्वले जनचेतना विस्तार, सम्भावित बिरामीको पहिचान तथा उपचारमा सहजिकरण गरेर क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउनु पर्नेमा।जोड दिए ।
डिमन स्वास्थ्य चौकीका प्रमुख आनन्द यादवको अध्यक्षता एवं स्वास्थ्य कार्यालय सप्तरीका क्षयरोग तथा कुष्ठरोग अधिकृत यादवको प्रमुख आतिथ्यमा बागमती सेवा समाज नेपालका जिल्ला संयोजक दुर्गानन्द झाले टिबी च्याम्पियन कल्बको उदेश्य र भूमिका बारेमा जानकारी गराउदै समुदायमै सम्भावित बिरामीको समयमै पहिचान, परिक्षण तथा उपचारमा पहुँच विस्तार गर्न कल्बले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।उनलेे क्षयरोग संग जोडिएको समाजिक लाञ्छना न्यूनीकरण गर्न पनि समुदायको सहभागीता आवश्यक रहेको उल्लेख गरे।
संयोजक झाले यस्ता सामुदाय-अधारीत संयन्त्रले जिल्लाका क्षयरोगको समयमै पहिचान,उपचारमा पहुँच विस्तार तथा सन् २०३५ सम्म क्षयरोग अन्त्य गर्ने राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताए।
पालिकाले क्षयरोग नियन्त्रण सम्बन्धि कार्यक्रमलाई आवश्यक समन्वय सहयोग उपलब्ध गराउदै समुदाय संगको सहकार्यलाई थप सुदृढ बनाउने पालिका संयोजक रमेश यादव,सह-संयोजक गजेन्द्र यादव लगायतले प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका, शिक्षक,संचारकर्मी,तथा स्थानीय सरोकारवाला लगायतको सहभागी रहेको थियोे ।
समुदायमा क्षयरोग सम्बन्धि जनचेतना फैलाउने ,सम्भावित बिरामीलाई परिक्षणका लागि प्रेरित गर्ने तथा उपचारत बिरामीलाई आवश्यक सहयोग पुर्याउने उदेश्य राखी नव गठित कल्बको अध्यक्षमा मो. इनुस,उपाध्यक्षमा सरिता मुखिया,सचिवमा संतोष साह,र कोषाध्यक्षमा राम अधीन मुखियालाई चयन गरेको छ।
यसैगरी सदस्यमा दशरथ यादव ,पंची मुखिया ,गडकन मुखिया,इलिवती मुखीया,तेतरी खंग लगायत १३ सदस्यीय समिति गठन गरेको छ।
नव कल्ब गठन पश्चात् क्षयरोग नियन्त्रणमा समुदायको भूमिका बारे अन्तक्रिया र छलफल समेत भएको थियोे।