• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जन-मजदुरको अभावले धान रोपाईमा कठिनाई 

जन-मजदुरको अभावले धान रोपाईमा कठिनाई 
रामनाथ यादव
राजविराज , ३१ असार 
जन-मजदुरको अभावले सप्तरीका किसानहरुलाई  धान राेपाइमा कठिनाइ भएको छ । जन मजदुरको समस्याले किसानलाई खेतीपातीमा कठिनाइ भएको हो। 
धान राेपाइका लागि आवश्यक जन- मजदुरको अभाव हुन थालेपछि यहाँका किसानहरुले  अर्मपर्म  गरेर धान राेपाइ सुरु गरेका छन् । वेराेजगारीका कारण गाउँघरका अधिकांश युवाहरु राेजगारीका लागि विदेश पलायन भएकोले धान राेपाइमा जन-मजदुरकाे अभाव भएको किसानहरु बताउँछन् । राेजगारीका लागि युवाले शहर धाउन थालेका छन् । भने कतिपयले विदेश पलायन हुदै गरेको कारण पुरुष मजदुरको अभाव देखिएको छ , भने विदेश गएका परिवारकाे महिला कामदारहरु राेपाइ छाेडेर घरमै आरामले माेवाइल चलाएर वस्न थालेका छन् ।
‘छाेरा विदेशमा कमाइराखेकाे छ , श्रीमान पनि कामइ रहेकोले घर चल्न थालेकाे छ ‘ सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका ७ की एक महिलाले भनिन्, ‘अब अरुकाे खेतमा गएर दिनभरी चार सय रुपैयाँमा किन मजदुरी गर्ने त ?’
 तिलाठी काेइलाडी गापा ६ की पार्वती देवी यादवले चारसय रुपैयाँमा आठ घण्टा  खट्नु भन्दा वरु आफनै घरकाे कामकाज गर्नु उचित हुने बताइन्। वभनगामाका सनिचर यादवले गाउँमा धान राेप्ने महिला कामदार नभेटेपछि मधेपुरा ,परसाही र हनुमाननगरवाट मजदुरलाई दुवै तर्फकाे गाडी भाडा खर्च , दुई छाक खाना र ६ सय रुपैयाँ ज्याला धान राेप्न लगाएको बताइन् ।
अहिले मजदुरकाे अभावले अर्मपर्म किसानका लागि कृषि  सहकार्यको एउटा महत्त्वपूर्ण पाटो वनेकाे छ । यसले गर्दा गाउँघरमा कामको चटारोको बेला जनशक्ति अभाव भएपनि धान राेपाँइ  वाध्य भएको स्थानीय वडा नम्बर ६ का पूर्व अध्यक्ष  गाेविन यादवले वताए।
श्रम पर्म लगाएर किसानहरूलाई खेती गर्न अलि  सहयोग भएको उनलेे वताए । कामदारलाई नगद ज्याला तिर्नुको सट्टा आलोपाले गरेर  रोपाई गर्दा  लागत कम हुने उनले  बताइन् । 
ग्रामीण भेगमा एक-अर्काको खेतमा आलोपालो काम गर्न जाँदा मेलमिलाप र आपसी सद्भाव कायम हुने उनले वताए । ज्यालामा कामदार खोज्न गाह्रो पर्ने ठाउँमा पर्म गर्दा सहज रूपमा जनशक्ति जुटाउन मद्दत पुग्ने किसानहरू बताउँछन् । 
 जन- मजदुरकाे अभावले महंगो (ज्याला) दिएर धान राेपाइ गर्न वाध्य भएको स्थानीय भक्तनारायण रायले, बताए ।