• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तिलाठी काेइलाडीकाे विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण

तिलाठी काेइलाडीकाे विभिन्न विद्यालयमा छात्रवृत्ति वितरण
रामनाथ यादव 
राजविराज, ३१ असार ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका अन्तर्गत रहेको विभिन्न सामुदायिक विद्यालयमा मंगलबार छात्रवृत्ति वितरण गरिएको छ । वडा नम्बर २ मा अबस्थित उमेश्वर आधारभूत विद्यालय लाैनिया , आधारभूत विद्यालय मंसापुर र हरिहर हरिनारायण राष्ट्रिय प्राथमिक विद्यालय सडेपारमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
विद्यालयमा छुट्टाछुट्टै आयोजित कार्यक्रमका बीच कक्षा १ देखि ५ सम्मका विधार्थीहरुलाई छात्रवृत्ति वितरण  गरिएको जनाइएको छ । 
कक्षा १ देखि ५ सम्ममा दलित छात्रछात्रा र अन्यको हकमा छात्राहरुलाई  छात्रवृत्ति प्रदान गरिएको उमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक अमरेन्द्र ठाकुरले बताए ।  आधारभूत विद्यालय मंसापुरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मंडलकाे प्रमुख आतिथ्यमा तथा वडा नम्बर ७  का अध्यक्ष हरिनारायण मंडलकाे विशिष्ट आतिथ्यमा छात्रवृत्ति वितरण गरेको जनाएको छ । 
यसैगरी उमेश्वर आधारभूत विद्यालय लाैनियामा  वडा नम्बर २ का अध्यक्ष कमल कुमार मंडल, अभिभावक शिक्षक , कर्मचारीकाे उपस्थितिमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरले वताए ।
 वडा नम्बर ७ मा अवस्थित आधारभूत विद्यालय मंसापुर  र हरिहर हरिनारायण राष्ट्रिय प्राथमिक विद्यालयमा छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक अरुण कुमार मंडलले जानकारी दिए ।विद्यालयका छात्रछात्राहरुलाई नगद ४ सयको दरले छात्रवृत्ति वितरण  गरेको उनलेे वताए ।