रामनाथ यादव
राजविराज , ३० असार
सप्तरीकाे राजविराज २ अवस्थित रहेको राजदेवी मावि राजविराजका छात्रछात्राहरुलाई झोला र ज्यामेट्री बकस वितरण गरिएको छ। विद्यालयमा मंगलबार आयोजित एक कार्यक्रमका वीच उक्त शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सामुदायिक बिद्यालयहरुका लागि मधेस प्रदेश शिक्षा विकास निर्देशनालयकाे सहयोगमा विद्यार्थीहरुको मनाेवल र आकर्षण बढाउन सामुदायीक विद्यालयमा अध्ययनरत कक्षा ७,८र ९ का बिद्यार्थीहरुलाई झोला र ज्यामेट्री बक्स लगायतका सामाग्री वितरण गरिएको विद्यालयले जनाएको छ।
राजविराज नगरपालिका शिक्षा शाखा अधिकृत भाेगेन्द्र प्रसाद यादवले मधेस प्रदेस सरकारले सामुदायिक विद्यालयका छात्रछात्राहरुको मनाेवल र आकर्षण बढाउनका लागि बिद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्कुल ब्यागसंगै ज्यामेट्री बकस लगायतका सामाग्री वितरण गरेको बताए । विद्यार्थीहरुकाे हाैसला वढाउन झाेला लगायत सामग्री वितरण गरेको शिक्षा अधिकृत यनदवले वताए ।
विद्यालयका सात कक्षा देखि नाै सम्म २ सय ९९ वटा विद्यार्थीहरुलाई झोलासंगै ज्यामेट्रि बक्स लगायतका सामाग्री वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादवले वताए ।
शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालवालिको पढाईमा सामुदायिक विद्यालयमा पढाउन विद्यालयका प्रधानाध्यापक यादवले अभिभावकहरुलाई आग्रह गरे ।
गुणस्तरीय शिक्षाले बालवालिकाको भबिष्य उज्जल हुनुका साथै राष्ट्रको मुहार फेरिने भएकाले आफ्ना बालबालिकाहरुको पढाईमा बिषेश ध्यान दिन अभिभावक र विद्यार्थीलाई उनले आग्रह गरेका थिए ।
विद्यालयमा पढाईको गुणस्तर सुधार गर्न गुणस्तरीय शिक्षा दिने वातावरण बनाउन प्रधानाध्यापक यादवले जाेड दिएका छन् ।