• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

साँसद चौधरीद्वारा सप्तरीमा जारी हात्ती आतंक नियन्त्रण गर्न ध्यानाकर्षण

साँसद चौधरीद्वारा सप्तरीमा जारी हात्ती आतंक नियन्त्रण गर्न ध्यानाकर्षण
न्यूज टुडे
राजविराज, ३० असार ।।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य पुष्पा कुमारी चौधरीले सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका क्षेत्रमा जारी जंगली हात्तीको आतंक नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई  सोमबार ज्ञापनपत्र बुझाउँदै साँसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी हुन् । 
‘अग्नीसाईर कृष्णासबरन गाउँपालिका बिशेष गरि वडानम्बर १ र ६ मा लगातर केही दिन अघि देखि जङ्गली हाती आतंकले  उत्पात मचाइरहेको यहाँहरुलाई सर्व बिदितै छ। ‘ मन्त्रीलाई ज्ञापनपत्र बुझाएको तस्वीर सामाजिक संजालमा सार्वजनिक गर्दै उनले भनेकी छिन्’ तसर्थ अझै यो भन्दा बढी धनजनको क्षती हुन नदिन सर्वप्रथम सम्पुर्ण स्थानीय जनताहरुमा सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु।’
उनले हात्ती पीडितको समस्या समाधानमा सरकार र मन्त्रीको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरेकी छिन् ।
सप्तरी  जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा वर्षौ देखिको हात्ती तथा जनावरहरुको आतंकलाई  र जनवर्गीय, कृषि तथा किसानको  समस्यालाई  दिगो रोकथाम तथा समाधानका लागि र राहत  समयमै उपलब्ध गर्नु ध्यानाकर्षण गराएको उनले बताएकी छिन् । 
हप्तौं देखि सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका १ अवस्थित बेहराचाँप  सुकुम्बासीबस्ती, घोघिदाहा, वडा नम्बर ६ स्थित मोहनपुर , हरियाली टोल, भुजेलटोल, बसन्तपुर, रतवाला क्षेत्रमा २२ बटा हात्तीको हुल बस्ती पसेर घर तोडफोड गर्ने, किसानले लगाएको तरकारी, अन्नबालीमा क्षति गरि पुरै बस्ती आतंकित बनाएको छ ।