लामो समयदेखि जंगली हातीको वितण्डाले मारमा परेका पीडितहरुको अवस्था बुझ्न सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुगेका छन् । दिनहुुँ हात्तीले घर तोडफोड गर्ने, अन्नबालीमा क्षति पुर्याउने जस्ता घटना हुन थालेपछि आइतबार प्रजिअ थापा नेतृत्वओ टोली प्रभावित क्षेत्रमा अनुगमनका लागि पुगेका हुन् ।
हात्तीले तोडफोड गरेको घर र नष्ट गरेको अन्नवाली । फोटो : न्यूज टुडे
हात्ती आतंकबाट प्रभावित अग्नीसाईर कृष्णासवन गाउँपालिका ६ स्थित मोहनपुर, फारमटोल, रतवाला तथा भुजेलटोल मगर बस्तीमा प्रजिअ नेतृत्व टोलीले स्थलगत निरीक्षण गरि जानकारी लिएका छन् ।
जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, जिल्ला वन कार्यालय, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको संयुक्त टोलीले प्रभावित क्षेत्रको करिब चार घण्टा स्थलगत निरीक्षण गरेकोवडा अध्यक्ष अशोक कुमार आचार्यले बताए ।
स्थानीयबासी, जनप्रतिनिधि, सञ्चारकर्मीहरूको नियमित खबरदारी तथा सांसद खगेन्द्र कर्ण र माननीय सांसद पुस्पा चौधरीको समन्वयम जिल्ला सुरक्षा टोलीले पीडित परिवारहरुसंग भेटघाट गरे ।
निरीक्षणका क्रममा वडा अध्यक्ष अशोक कचार्यले प्रमुख जिल्ला अधिकारीसमक्ष औपचारिक ज्ञापनपत्र बुझाउनुका साथै हाती प्रभावित परिवारहरूको नामावली र क्षतिको विस्तृत विवरणसमेत प्रस्तुत गरएका छन् । यसले समस्यालाई कागजमा मात्र होइन, वास्तविक पीडितको घरदैलोबाट सरकारसम्म पुर्याउने महत्वपूर्ण भूमिका खेलेको विश्वास दिलाएको छ।
संयुक्त टोलीले प्रभावित बस्तीको वस्तुस्थिति नजिकबाट अवलोकन गर्दै हाती नियन्त्रणका लागि आजैदेखि सम्भव भएसम्मका सबै आवश्यक प्रयास प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, हातीबाट पीडित परिवारलाई आवश्यक क्षतिपूर्ति प्रक्रिया छिटो सम्पन्न गरी पीडितकै घरदैलोमा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।
यस निरीक्षणका क्रममा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेतृत्वले सरकारी टोलीसँगै रहेर समस्या समाधानका लागि ऐक्यबद्धता जनाए।
आजको यो भ्रमणले केवल सरकारी टोलीको आगमन मात्र होइन, पीडित नागरिकमा राज्य अझै पनि उनीहरूको साथमा छ भन्ने विश्वास गराएको पीडितहरुको भनाइ छ।
हातीको आतंकबाट नागरिकको जिउधनको सुरक्षा, बाली तथा सम्पत्तिको संरक्षण र पीडितलाई समयमै राहत उपलब्ध गराउने कार्य तत्काल अघि बढ्नुपर्छ ।’ स्थानीय प्रदीप आचार्यले भने ,’हामी आशा गर्दछौं कि आजको सरकारी उपस्थितिले अब परिणाम पनि दिनेछ।’
नागरिकले रातभरी हाती आउने त्रासले जाग्राम बस्नुपर्ने अवस्था अन्त्य हुने उनको भनाइ छ ।
‘सरकारको सक्रियता, जनप्रतिनिधिको जिम्मेवारी र स्थानीय जनताको सहकार्यले हाती प्रभावित क्षेत्रमा स्थायी समाधानको बाटो खुल्ने विश्वास गर्न सकिन्छ।’ हामी सबैको एउटै आवाज छ’ एक हात्ती पीडित किसानले भने,’ “हाती पीडित क्षेत्रमा सरकारको उपस्थिति होस्, सुरक्षा होस्, राहत होस् र दीर्घकालीन समाधान होस्।”
हात्ती प्रभावित वडा नम्बर १ स्थित बेहराचाँप सुकुम्बासी बस्तीमा भने प्रजिअ नेतृत्वको टोली नपुगेको भन्दै सुकुम्बासीहरुले असन्तुष्टि जनाएका छन् । पाँच सय मीटर खोला पारिका गाउँमा सरकारी टोली पुगेपनि सुकुम्बासी भएकै कारण विभेद गरेको पीडितहरुले गुनासो गरेका छन् ।