• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
करेन्ट लागेर चौधरी सिकिस्त
न्यूज टुडे
राजविराज,२६ असार । 
आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर सप्तरीकाे शम्भुनाथ नगरपालिका–१२, कुसहामा शुक्रबार एक जना  गम्भीर घाइते भएका छन् । स्थानीय  शिवधर चौधरी आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।
करेन्ट लागेर घाइते भएका चौधरीलाई तत्कालै अस्पताल भर्ना गरिएको घाइतेका आफन्तले बताएका छन् । करेन्ट लागेर सिकिस्त उनलाई स्थानीयबासीको सहयोगमा।तत्कालै अस्पताल पुर्‍याइएको थियो ।।
करेन्ट लागेपछि अचेत अवस्थामा रहेका चौधरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको उनका परिवारजनले बताएका छन् । 
घाइते चौधरीको अवस्था सामान्य रहेको तथा समयमै अस्पताल पुर्‍याइएकाले ज्यान जोगिएको अस्पतालले जनाएको छ ।