• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जबर्जस्ती करणी आरोपमा अधिकारी पक्राउ

जबर्जस्ती करणी आरोपमा अधिकारी पक्राउ
न्यूज टुडे
राजविराज,२४ असार । 
जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारी पक्राउ परेका छन् ।  जबरजस्ती करणी तथा ठगीको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि उनलाई पक्राउ गरीएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले बताए । 
सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेकोमा खोजतलासका क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी घिमिरेले जानकारी दिए । 
पक्राउ परेका अधिकारी विरुद्ध  जबर्जस्ती करणी तथा ठगी कसुरमा मुद्दा  दर्ता गरि सप्तरी जिल्ला  अदालत राजविराजबाट म्याद लिएर  थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।