• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीका सामूदायिक विद्यालयमा बालबालिकालाई खाजामा ब्यापक घोटाला हुँदै आएको भन्ने छ्याप्छ्याप्ती गुनासो छ । तर सम्बन्धित निकायको यस तर्फ ध्यान पुगिरहेको देखिन्न ।
सथानीय सरकारकै भूमिकामा रहेको बालिकामाथि नै विद्यालयको समेत जिम्मेवारी छ । तर पालिकाका शिक्षा शाखा प्रमुखदेखि जनप्रतिनिधि समेतले यस्तो विषयमा चासो नलिदा विद्यालयका बालबालिकाहरमाथि त्यसको प्रत्यक्ष मार परिरहेको छ भन्दा अन्यथा नहोला । एकातिर बालबालिकालाई खुवाइने खाजा धेरै हदसम्म गुणस्तरहीन रहने गरेको छ । लामो समयसम्म विद्यालयमा रहनुपर्दा बालबालिका भोकाउने भएका कारणले नै यस्तो व्यवस्था गरिएको हुन्छ । गुणस्तरहीन खाजा खुवाएर पैसा बचाउने, विद्यार्थीको उपस्थिति न्यून रहेपनि कागजातमा बढी उपस्थिति जनाएर खाजा वापतको रकम बढी निकासा गराउने जस्ता कार्य हुने गरेको कुरा चर्चामा रहने गरेपनि पालिकाले चासो नलिनाले मिलिभगतसम्मको आशंका बढेको छ ।
सप्तरीका विद्यालयमा खाजाको विषयमा हुने गरेको बेथितिका बारेमा प्रतिनिधिसभा सदस्य खगेन्द्र कर्णले संसदमा समेत आवाज उठाईसकेका छन् । तर पनि यो अनियमिततामा सुधार नआउनाले यसले सुशासनमाथि नै चुनौति दिएको किन नमान्ने?