• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हराएको मोटरसाइकल फेलापारी धनीको जिम्मा लगाइयो

हराएको मोटरसाइकल फेलापारी धनीको जिम्मा लगाइयो
न्यूज टुडे
राजविराज,२३ असार । 
सप्तरी प्रहरीले हराएको एक मोटरसाइकल फेला पारी धनीको जिम्मा लगाएको छ । सप्तरी विष्णुपुर गाउँपालिका.वडा नं.७ सिम्राहाका शिवनाथ साहलाई मंगलबार  मोटरसाइकल जिम्मा लगाएको हो ।

२०८३ असार ११ गते साहको घर अगाडी राखेको बा.९४ प १६३८ नम्बरको कालो रङको वजाज कम्पनीको १५० सि.सि.को पल्सर मोटरसाइकल हराएको थियो । 

 मोटरसाइकल धनीले  जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पश्वात उक्त मोटरसाइकल खोजतलास गरी फेला पारी मोटरसाइकल धनीलाई बुझाइएको  सप्तरी प्रहरीले जनाएको छ । 
सप्तरीमा मोटरसाइकल चोरीको घटना वृद्धि भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीको यो सक्रियताले केही सर्वसाधारणले सुरक्षाको महसुस गर्न पाएका छन् ।