• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय बन्द

पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय बन्द
न्यूज टुडे
राजविराज,२३ असार । 
पत्रकार केशव पराजुलीको निधनको शोकमा मंगलबार देशभरका पत्रकार महासंघका कार्यालय बन्द गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिद्वारा एक शोक वक्तव्य जारी गर्दै पत्रकार पराजुलीको निधनको शोकमा महासंघका सबै कार्यालय एक दिन बन्द गरिएको जनाएको हो । 
नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष  समेत रहेका पत्रकार पराजुलीको २०८३ असार २० गते भएको असामयिक निधनले महासंघ स्तब्ध र दुःखी भएको महासंघ केन्द्रीय समितिका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित शोक वक्तव्यमा उल्लेख छ् । 
स्वर्गीय पत्रकार पराजुलीको शोकमा असार २३ गते महासंघका सबै कार्यालय बन्द गरिएको तथा १३ दिन सम्म केन्द्रिय कार्यालयमा शोक पुस्तिका राख्ने शोक वक्तव्यमा भनिएको छ । 
 पराजुलीको निधनमा शोक प्रकट गर्न २०८३ असार २३ गते एक दिन महासंघ केन्द्रसहित सबै प्रदेश समिति, जिल्ला/प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाका कार्यालय बन्द गर्ने महासचिव दाहालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 
 उनको शोकमा १३ दिनसम्म केन्द्रीय कार्यालयमा शोक पुस्तिका राखिएको समेत महासंघले शोक वक्तव्य मार्फत जानकारी समेत गराएको छ ।