• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका–२ मा जीर्ण अवस्थामा रहेको कल्भर्टलाई अहिले मर्मत सम्भार गरिएको छ । हरिहरपुर र चाँदनी बजार जोड्ने उक्त सडकको कल्भर्ट भत्किदा सर्वसाधारणलाई आवागमनको कठिनाई र दुर्घटनाको समेत जोखिम रहेको बारे केही दिन अघि यसै दैनिकमा समाचार प्रकाशित भएपछि हाल त्यसको मर्मत सम्भार गरिएको हो ।
कल्भर्टको बारेमा समाचार प्रकाशित भएपछि वडा नं.२ का अध्यक्ष पशुपति प्रसाद चौधरी र ३ का अध्यक्ष गोपालप्रसाद चौधरीको विशेष पहलमा कल्भर्ट मर्मत सम्भारले पूर्णता पाएको हो । जनतालाई परेको समस्याका बारेमा समाचार छापिएपछि जनप्रतिनिधिको हैसियतले जनताले भोग्नु परेको समस्या समाधानमा पहल गरुन भनेर पालिकाहरुलाई ‘स्थानीय सरकार’ का रुपमा हेरिएको हो । यसका साथै गाउँ घरका समस्या उजागर गरी सम्बन्धित निकायको ध्यानार्कषण स्थानीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहन्छ भन्ने वास्तविकलाई पनि यसले सावित गरेको स्थान देलान् । तर दूरदराज, कुनाकन्दराका समाचारमा त स्थानीय पत्रकारकै पहिला नजर पर्ने र निैले यस्ता कुरालाई उजागर गर्ने भएका कारण स्थानीय तहहरुले गर्ने विकास निर्माणमा स्थानीय पत्रकारिताको परोक्ष सहयोग रहने कुरालाई इनकार गर्न सकिँदैन ।
यस दृष्टिकोणले स्थानीय पत्रकारिताको विकासमा स्थानीय सरकारले पनि सोच्नुपर्ने आवश्यकता एकातर्फ छ भने अर्कोतर्फ पत्रकारिता मार्फत उजागर गरिएका अन्य कुरामा पनि ध्यान दिएर तिनको यथोचित समाधानप्रति ध्यान पुर्याउन जरुरी छ ।