• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश प्रदेशका गृह सञ्चार तथा कानून मनत्री फकिरा महतोले विभिन्न होटलहरुको अनुगमन गरेका छन् । जिल्ला अनुगमन समितिको टोली अनुगमन गर्दा नाम चलेका विभिन्न होटलहरु पनि कारवाहमिा परेका छन् ।
गुणस्तरहीन खाद्य सामग्री रहेको, अत्यधिक तथा विभिन्न कैफियत भेटिएका कारण धेरैलाई जरिवाना तोक्दै कारवाही चलाईएको छ भने केहीलाई सुधारका लागि निर्देशन दिईएको छ । बाहिर चटक्क सजावट गरे पनि भित्र भान्छा घर लगायतका स्थानमा अत्यधिक फोहर गरिएको, एक पटक प्रयोग गरेर बाँकी रहेको खानेतेल पटक–पटक प्रयोग गरेको जस्ता कमजोरी भेटिएकाले त्यस्तो खानेकुरा स्वासथ्यका लागि अति घातक रहेको मन्त्री महतोले बताएका छन् । आश्चर्यको विषय त के छ भने जनकपुर–ढल्केवर, लालगढ लगायतका स्थानमा रहेका नामुद होटलहरु पनि कारवाहीमा परेका छन् । ग्राहकसित पैसा लिने तर गुणस्तरहीन खाना खुवाउने कार्य सरासर नाजायज रहेका कारण त्यस्ता होटलमाथि विशेष निगरानी बढाउनुपर्ने आवश्यक छ । विगतमा अनुगमन गर्दा पनि कमजोरी भेटिएकोले सुधारका लागि चेतावनी दिईएका होटलहरु पनि कारवाहीमा परेका कारण उनीहरुले सुध्रिन नचाहेको रुपमा लिनुपर्ने हुन्छ ।
पैसा लिएर ग्राहकलाई गुणस्तरहीन तथा रोग लाग्ने खालका खाना खुवाउनु सरासर अपराध नै भएका कारण नियमित अनुगमनलाई तिब्रता दिन जरुरी छ । कुरा धनुषाको मात्र नभई सप्तरी लगायत मधेश प्रदेशका अन्य जिल्लाहरुमा पनि यस्तो कैफियत रहने गरेको कुरालाई नकार्न सकिन्न । त्यहाँपनि अनुगमन जरुरी छ ।