नर्मदेव यादव
रुपनी,२० असार ।
सप्तरीको रुपनी गाउँपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । गाउँपालिकाद्वारा रुपनी १ स्थित सामुदायिक भवनमा शनिबार आयोजित एक समारोहका वीच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साहले रुपनी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरे ।
‘स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता ‘ भन्ने नाराको साथ आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख साहले खोप सुनिश्चितताले गाउँपालिका स्वास्थ्य क्षेत्रमा अग्रणी रहेको भन्दै प्रशंसा व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले स्वास्थ्यकर्मीहरुको अद्भुत सहयोगले सफलता हाँसिल गरेको भन्दै खुशी व्यक्त गरे । उनले स्वस्थ्य सेवाबाट कोहि बन्चित हुन नहुने उदेश्य लिएर गाउँपालिका अगाडि बढेको भन्दै सरकारले लिएको लक्ष्य प्राप्तिमा कर्मचारीहरुले पुर्याएको योगदानको उच्च कदर गरे ।
राष्ट्रिय पुर्ण खोप निर्देशिका बमोजिम सम्पुर्ण प्रक्रिया पूरा गरि सप्तरी जिल्ला रुपनी गाउँपालिकामा १६ देखि ५९ महिना सम्मका सबै बालवालिकालाई खोप पूर्ण भएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा रुपनी गाउँ पालिका भित्रका स्वास्थ्यकर्मीहरु स्वमसेविकाहरु, खोप कार्यकर्ताहरु आमा समूहका सदस्यहरु लगायत उपस्थिती रहेको थियो
उक्त अवसरमा खोप अभियानमा सहभागी रहि काम गरेका व्यक्तित्वहरुलाई प्रशंसा पत्र प्रदान तथा सम्मान सम्मेत गरेको थियो
स्वास्थ्यकर्मी रामकुमार भगतद्वारा संचालित कार्यक्रममा स्वागत स्वास्थ्यकर्मी सितम्बर यादवले गरे ।