• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
ट्राफिक नियमको पालना सबैले गर्नुपर्ने हुन्छ । सभ्यताको दृष्टिकोणबाट पनि यसको आवश्यकता रहनेमा आशंका नहोला । बढ्दो सडक दुर्घटना मध्ये अधिकांश ट्राफिक नियमको उल्लंघनकै कारणले भएको मान्न सकिन्छ ।
दुर्घटना न्यूनीकरण तथा सवारी नियम पालनाका लागि नै सडकमा ट्राफिक प्रहरीको उपस्थिति हुने गदृछ । नियम मिच्नेलाई ड्युटीमा खटेका ट्राफिक प्रहरीले जरिवाना भराउने गर्दछन् । तर पनि ट्राफिक नियमको उल्लंघन हुन चाहीँ छाडेको छैन । पछिल्लो चरणमा ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना रकम साविक भन्दा अत्यधिक बढाईने कुरा विशेष चर्चामा रहेको छ । सामाजिक सञ्जालहरुमा पनि यस्तो प्रावधानको पक्ष र विपक्षमा फरक–फरक खालका तर्क वितर्क उठ्ने गरेका छन् । तर जुन परिमाणमा जरिवाना बढाईने भएको छ त्यसकै आधारमा नियमको उल्लंघन रोकिएला नै भन्न सकिन्न । अब गरिने व्यवस्थामा ५० हजारसम्म जरिवाना असुलिने भनने चर्चा जसरी आईरहेको छ त्यसको अनुपातमा अति न्यून मात्रामा रहेको हालको जरिवाना रकम पनि नियम मिच्नेले सितिमिति तिर्न नचाहिरहेको अवस्थालाई नजरअन्दाज गर्न सकिन्न । जरिवानाको रकम अत्यधिक बढाउनेतिर मात्र लाग्नु भन्दा पनि ट्राफिक नियम पालनाको आवश्यकता तथा उल्लंघनले पुग्न सक्ने क्षतिका बारेमा जनस्तरमा सुक्ष्म रुपले सम्झाउन बुझाउन तर्फ मिहिनेत गर्न सकियो भने त्यसको प्रभावकारिता र सान्दर्भिकतालाई कम आँक्न सकिन्न ।
नियमको पालनाले नै व्यक्तिको भद्रता र व्यक्तित्व कायम रहन्छ भन्ने वास्तविकतालाई जनजनमा पु¥याउनु सान्दर्भिक हुनेछ । सबै भन्दा प्रमुख कुरा त ट्राफिक नियमको उल्लंघनले आफू लगायत अरुको समेत ज्यानै जोखिममा पर्न सक्छ भन्ने कुरालाई छुटाउन मिल्दैन ।