न्यूज टुडे
राजविराज,१९ असार ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ को. मधेपुरास्थित नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल र उपाध्यक्ष फुल कुमारी साहले शुक्रबार आयोजित एक समारोहकाबीच नवनिर्मित स्वास्थ्य सेवा केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष मण्डलले वडाबासीलाई सहज र ब्यवस्थित ढंगबाट स्वास्थ्य सेवा पुर्याउन महत्वपूर्ण टेवा पुग्ने बताए । उनले नवनिर्मित स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रवाह गर्न सहज हुने विश्वास व्यक्त गरे ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर
६ का मधेपुराका वडाध्यक्ष रोशन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा उपाध्यक्ष साह , स्वास्थ्य शाखा प्रमुख दिपक कुमार मण्डल लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरे ।
वडा सचिव जगदिश यादवद्वारा सञ्चालित कार्यक्रममा स्वागत आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख विष्णुदेव साहले गरे ।
मधेश प्रदेश सरकार र तिलाठी कोईलाडी गाउँपालिकाको आर्थिक सहयोगमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख साहले जानकारी दिए ।