न्यूज टुडे
राजविराज,१७ असार ।
सप्तरी प्रहरीले लागूऔषध र आत्मा हत्या दुरुत्साहन मुद्दाका २ जना प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी हेमराज घिमिरेद्वारा जारी प्रेस विज्ञप्ति अनुसार लागूऔषध मुद्दामा सप्तरी खडक नगरपालिका ५ खोजपुरका ६२ बर्षिय अमिन चौधरी र आत्मा हत्या दुरुत्साहन मुद्दाका प्रतिवादी बोदेबर्साइन नगरपालिका ४ का ४० बर्षिय रामेश्वर राम पक्राउ परेका छन् ।
चौधरीलाई बोदेबर्साइन नगरपालिका २ गौराबाट मंगलबार १०४/८६ ग्राम खैरो हिरोईनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक घिमिरेले जानकारी दिए ।
यसैगरी बोदेबर्साइन नगरपालिका ४ बस्ने सरस्वती रामलाई प्रेमजालमा पारी आत्महत्या गर्न बाध्य पारेकोले रामलाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । सरस्वतीले शनिबार आफ्नै सुत्ने कोठामा गलामा डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरी जनाएको छ ।
रामेश्वरमाथी आत्महत्या दुरुत्साहन विरुद्धको मुद्दा दर्ता गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको डिएसपी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।