न्यूज टुडे
राजविराज,१६ असार ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको १ लाखभन्दा बढीको सामान बरामद गरेको छ । हुलाकी सडकखण्ड अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १२ स्थित अर्नाहा चौकबाट सोमबार साँझ प्रहरीले १ लाख ४ हजार बराबरको अबैध सामान बरामद गरेको हो ।
भन्सार छली चोरी पैठारी गरि बिआर ०७ भि ८६७१ नम्बरको भारतीय मोटरसाइकलसहित भारतबाट ल्याएको विभिन्न किराना सामाना बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेको मोटरसाइकल तथा किराना सामान आवश्यक कारबाहीको लागि राजविराज भन्सार कार्यालयमा मंगलबार बुझाएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
सप्तरी प्रहरीमा नयाँ नेतृत्व आएपछि भन्सार छली सिमा क्षेत्रबाट चोरी तस्करी गरि ल्याएको सामान पक्राउ गरि भन्सार कार्यालयमा बुझाउने कार्यलाई तीब्रता दिएको छ ।