न्यूज टुडे
राजविराज,१८ चैत ।
राजविराज नगरपालिकाद्वारा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाएको छ । हनुमान मन्दिर देखि नेता चौकसम्मको सडक अतिक्रमण गरि बनाएको संरक्षणहरुमा बुधबार डोजर चलाएको हो ।
मेनरोड स्तरउन्नति तथा सौन्दर्यीकणका लागि सडक अतिक्रमण गरि निर्माण गरिएको विभिन्न संरचना खाली गराइएको राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले बताइन् । वीच भागबाट ९/९ मीटर गरि जम्मा १८ मीटर भित्र पर्ने सबैखाले संरचना हटाइने उनले जानकारी दिइन् ।
स्थानीय प्रशासनको सहयोग लिएर बुधबार विहान देखि डोजर लगाएर सडक अतिक्रमण गरी बनाइएको संरचना हटाइएको कार्यबाहक प्रमुख परविनले बताइन् ।
सडक स्तर उन्नति तथा सौन्दर्यीकरण कार्यका लागि सडक डिभिजन कार्यालयबाट ठेक्का भइ निर्माण कार्य प्रारम्भ गरिएको उनले जानकारी गराईन ।
परविनले कार्यबाहक प्रमुख सम्हालेपछि बर्षोसम्म मुख्य सडक अतिक्रम गरि बनाइएको संरचनाहरु खाली गरिएको छ । उनको यो साहसी कदमको सर्वत्र प्रशंसा भएको छ ।