न्यूज टुडे
राजविराज,०३ फागुन ।
सप्तरी ४ मा नागरिक मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामाकान्त चौधरीले संविधान संशोधनसहितको ८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । पहिलो पटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनले निर्वाचित संसदको प्रमुख काम संविधान संशोधन रहने भन्दै आइतबार चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
उनले संघीयता, पहिचान,प्रतिनिधित्व, सामाजिक न्यायको पक्षमा २ दशकबढी समयदेखि निरन्तर संघर्ष जारी राखेको उल्लेख गरेका छन् ।
‘आरणीय सप्तरी क्षेत्र नं. ४ का वुवाआमा, दाजुभाई तथा दिदीवहिनीहरू, ‘यो निर्वाचित संसदको प्रमुख काम संविधान संशोधन रहनेछ’ उनले उल्लेख गारेका छन्, ‘हामी २०६२/०६३ देखि निरन्तर आन्दोलनमा छौं ।’
‘भौगोलिक सांस्कृतिक पहिचान सहितको संघियताको लागि सिमाङ्कन तथा नामाङ्कन गर्ने, राज्यको हरेक तह र तप्कामा जातिय जनसंख्याको आधारमा समानुपातिक र सहभागिमूलक प्रतिनिधित्वका ग्यारेण्टी गर्ने’उनले उल्लेख गरेका छन् ।
यसैगरी अहिले संविधानमा थोरै मात्र व्यवस्था भएको स्वायत्तता तथा संरक्षित क्षेत्रको रक्षा गर्दै अझ थप अधिकारहरू सूरक्षित गर्ने,धर्मनिरपेक्षतालाई जोगाउने,
संविधानमा अधिकारको रूपमा ग्यारेण्टी गरिएका गाँस, वास र कपासलाईलाई सुनिश्चित गर्न कार्वान्वयन गर्ने चौधरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
संविधानमा व्यवस्था गरिएको निशुल्क शिक्षालाई गुणस्तरीय बनाउन कानून बनाउने,यो संविधानले ग्यारेण्टी गरेका शिक्षा, स्वास्थ्य, रोजगारको अधिकारलाई सुनिश्चित गर्ने उनले सार्वजनिक गरेको प्रतिबद्धतामा उल्लेख छ ।
उनले तपाई हाम्रा कुराहरूलाई संसदमा कुन पार्टी, नेता तथा सांसदले उठाउन सक्छ त्यसलाई आफ्नो मत उपयोग गर्न आग्रह गरेका छन् ।