• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आप्रवासी श्रमिक संजालद्वारा बुझायो उपेन्द्र यादवलाई ज्ञापनपत्र

आप्रवासी श्रमिक संजालद्वारा बुझायो उपेन्द्र यादवलाई ज्ञापनपत्र
न्यूज टुडे
राजविराज,१९ माघ । 
आप्रवासी श्रमिक संजाल मधेस प्रदेशद्वारा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन् । सप्तरीको रुपनी गाउँपालिकामा सोमबार अध्यक्ष यादवलाई भेटेर संजालका मधेस प्रदेश संयोजक जितेन्द्र कुमार सिंहाले विभिन्न १७ बुँदे माग सार्दै ज्ञापनपत्र बुझाएका हुन् । 
वैदेशिक रोजगारीमा रहेका तथा स्वदेशमा रहेका उनको परिवारको समस्या समाधानका लागि सबै दलले आफ्नो चुनावी घोषणापत्रमा समाबेश गरि सम्बोधन गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष सिंहले बताए । ज्ञापनपत्र बुझाउँदै उनले मधेस प्रदेश सरकारले संगठन निर्माणका लागि सहयोग गरेको जानकारी दिदै जसपा नेपालको चुनावी घोषणापत्रमा आप्रवासी श्रमिकहरुको पक्षमा राखिएको माग समाबेश गर्न आग्रह गरे । 
ज्ञापनपत्र बुझ्दै अध्यक्ष यादवले  संजालले राखेको माग जायज भएको बताउँदै चुनावी घोषणापत्र जारी भइसकेकोले अहिले समाबेश गर्न नसकिएपनि यसलाई गम्भीरतापूर्वक उठाउने प्रतिबद्धता व्यक्त गरे ।  उनले आप्रवासी श्रमिकको समस्या जसपा नेपालले प्राथमिकताको साथ सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाए ।