• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो नाइन साइड फुटबल प्रतियोगिता :  पोखरिया र जगमोहन विजयी

दोश्रो नाइन साइड फुटबल प्रतियोगिता :  पोखरिया र जगमोहन विजयी
न्यूज टुडे
राजविराज, १८ भदौ । 
युनिटी एफसी विरेन्द्रबजारद्वारा संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा सन्यासी  युवा क्लब पोखरीया र जगमोहन एफसी विजयी भएको  छ।  रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलमा आयोजक युनिटी एफसी विरेन्द्र बजार  बि) लाई  ०-३ गोले पराजित गर्दै  पोखरिया र कंचनपुर एफसीलाई ०-२ गोलान्तरले पराजित गर्दै  जगमोहन एफसी विजयी भएको हो । 
कंचनपुर एफसी र जगमोहन एफसी वीच भएको खेल । फोटो : न्यूज टुडे
आयोजक युनिटी एफसी (बि)र  पोखरिया वीच भएको पहिलो खेलमा खेलको दोश्रो हापको १०  औ मीनेटमा पोखरियाका जर्सी नम्बर १० का मनराज चौधरीले १ गोल गरि टिमलाई अगाडि बढाए । खेलको दोश्रो हापको २६ औ मिनेटमा  पोखरियाका जर्सी नम्बर ११ का  गौतम चौधरीले १ गोल थपे  भने  लगत्तै खेलको २८ औं मिनेटमा पोखरियाकै  जर्सी नम्बर ९ का करण चौधरीले  गोल गरेका थिए ।
पचास मिनेटको निर्धारित समयमा आयोजक युनिटी एफसी (बि)ले कुनैपनि गोल फर्काउन नसकेको आयोजनक समितिका राम बहादुर गोलेले जानकारी दिए । 
यसैगरी मंगलबार नै सम्पन्न दोश्रो खेलमा  जगमोहन एफ्सी विजयी भएको छ ।  जगमोहनले पहिलो हाप १ गोल गरे भने दोश्रो हापमा १ गोल गरि २ गोलले जित हाँसिल गरेका थिए । 
  दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ५० औ मिनेटको खेल अवधिमा कंचनपुरल्ले कुनैपनि गोल गर्न सकेन । 
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् । 
प्रतियोगिता अन्तर्गत बिहिवार  खेल स्थगित गरिएको आयोजकले जनाएको छ । शुक्रबार रिभरसाइड एफसी धरमपुर र कंकालिनी एफसी सितापुर  वीच अपराह्न ०४: ०० बजेदेखि  हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए । 
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।