• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

दोश्रो नाइन साइड फुटबल प्रतियोगिता : महुली र मुसहर्नीय विजयी

दोश्रो नाइन साइड फुटबल प्रतियोगिता : महुली र मुसहर्नीय विजयी
न्यूज टुडे
राजविराज, १७ भदौ । 
युनिटी एफसी विरेन्द्रबजारद्वारा संचालित दोश्रो नाइनसाइड पच शिल्ड फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा लालीगुराँश एपसी महुली मोहनपुर र मुसहर्नीय एसपी खडक नगरपालिका विजयी भएको  छ।  रुपनी ६ स्थित युनिटी एफसी विरेन्द्र बजारको खेलमैदानमा सम्पन्न खेलमा ट्राफिक एपसीलाई ०-२ गोले पराजित गर्दै महुली मोहनपुर र सन्जनदिप होस्पिटल राजविराजलाई ०-१ गोलान्तरले पराजित गर्दै खडक नगरपालिका मुसहर्नीया विजयी भएको हो । 
महुली मोहनपुर र  ट्राफिक एपसी खैरवन वीच भएको पहिलो खेलमा खेलको दोश्रो हापको २ मीनेटमा मोहनपुरका जर्सी नम्बर ११ का विशाल तामाङले १ गोल गरि टिमलाई अगाडि बढाए । खेलको २० औ मिनेटमा मोहनपुरकै जर्सी नम्बर ९ का रुविन मगरले १ गोल थपे । 
 पचास मिनेटको निर्धारित समयमा ट्राफिक एफसीले कुनैपनि गोल फर्काउन नसकेको आयोजन समितिका राम बहादुर गोलेले जानकारी दिए । 
यसैगरी मंगलबार नै सम्पन्न दोश्रो खेलमा  मुसहर्नीय एपसी  खडक नगरपालिका विजयी भएको छ । पहिलो हापको अन्तिम समयको २५ औ मिनेटमा मुसहर्नीयाका जर्सी नम्बर ५ का कमल चौधरीले १ गोल गरे । दुबैटिम वीच कडा प्रतिस्पर्धा भएको निर्धारित ५० औ मिनेटको खेल अवधिमा सन्जनदिप होस्पिटल राजविराजले कुनैपनि गोल गर्न सकेन । 
प्रतियोगितामा रिभरसाइड एफसी,नव बुद्ध युथ क्लब,कंकालिनी एफसी,मधेस प्रदेश प्रहरी तालिम केन्द्र,सन्जनदिप होस्पिटल राजविराज,,मुसहर्नीया एफसी, श्री सन्यासी युवा क्लब, आयोजक युनिटी एफसी ( बि),श्री बाबा धिर युवा एफसी,शम्भुनाथ एफसी,लालिगुराँश एफसी, ट्राफिक एफसी, यूनिटी एफसी विरेन्द्र बजार ( ए), जगमोहन एफसी र कंचनपुर एफसी गरि १५ टिम सहभागी रहेका छन् । 
प्रतियोगिता अन्तर्गत बुधबार समेत दुईवटा खेल हुने आयोजकले जनाएको छ । पहिलो  खेल श्री सन्यासी युवा क्लब पोखरिया सप्तरी र  आयोजक युनिटी एफसी विरेन्द्र बजार (वी)  वीच दिनको ३ बजेदेखि सुरु हुनेछ भने दोश्रो खेल  जगमोहन एफसी र  कंचनपुर एफसी वीच अपराह्न ०४: १५ बजेदेखि  हुने आयोजक समितिका आयूष तामाङले जानकारी दिए । 
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार, शिल्ड मेडल, प्रमाणपत्र  तथा उपविजेता टिमलाई नगद १० हजार, कप, मेडाल प्रमाणपत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष रोहित मगरले जानकारी दिए ।