न्यूज टुडे
राजविराज, ०३ साउन ।
सप्तरीको राजबिराज वडा २ स्थित गुलाव ग्यारेज अगाडि सार्वजनिक जग्गा अतिक्रमण गरि भौतिक संरचना निर्माण गरिएको छ । स्थानीयको विरोधका वीच बर्षौदेखी खेलमैदानको रूपमा रहेको जग्गा अतिक्रम गरि स्थायी भौतिक संरचना निर्माण गरिएको हो ।
सार्वजनिक जग्गा अतिक्रमण गरि मुश्लिम समुदायको गतिविधि गर्न स्थायी भौतिक संरचना निर्माण गरेको भन्दै विश्व हिन्दु परिषद नेपालले आपत्ति जनाएका छन् । सार्वजनिक जग्गा हड्पेर स्थायी संरचना निर्माण गरिएको भन्दै सर्वदलीय बैठकबसी उक्त संरचना हटाउने निर्णय समेत गरेका छन् ।
असार २० गते उक्त स्थानमा बनाइएको संरचना हटाउन प्रमुख जिल्ला अधिकारी भोला दाहाल सहित जिल्ला स्थित रहेका प्रमुख राजनीतिक पार्टीको प्रतिनिधिहरुले निर्णय गरिएपनि हाल सम्म उक्त संरचना प्रशासनले हटाउन पहल नगरेको स्थानीयवासीहरू बताउछन्।
निर्णयको कार्यनन्वयन हुन नसक्दा मुस्लिम समुदाय र हिन्दु समुदाय बिच साम्प्रदायिक दंगा हुने सम्भावना बढ्न सक्ने उनीहरुको भनाइ छ । सम्भावित द्वन्दलाई न्यूनीकरण गर्न सर्वदलीय बैठकको निर्माण अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको भौतिक संरचना हटाउन उनीहरुले माग गरे ।
भलिबल खेलमैदानमा मुश्लिम समुदायका लागि स्थायी भौतिक संरचना निर्माण गर्न राजविराज नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको भन्दै विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले विरोध जनाएका छन् ।